एजेन्सी – जम्मु काश्मिरको अखनूर क्षेत्रमा भारतीय प्रहरीले एक ड्रोनलाई खसालेको छ ।
भारतीय सञ्चारमाध्यमले उक्त ड्रोन पाकिस्तानबाट पठाइएको दाबी समेत गरेको छ । भारत र पाकिस्तानको सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ड्रोन मार्फत् ठूलो हमलाको तयारीमा विद्रोहीहरु लागेको भन्दै भारतीय गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन् ।
जम्मू वा अन्तर्राष्ट्रिय सीमा नजिक कुनै ड्रोन भेटिएको यो पहिलो पटक होइन । गत जुनमा जम्मू एयरबेसमा दुईवटा विस्फोटन भएदेखि गत एक महिनामा धेरै स्थानहरूमा ड्रोनहरू भेटिएको थियो जसले ड्रोन हमलाको खतरा बढाएको भारतिय अधिकारीले अनुमान गरेका छन् ।
बढ्दो ड्रोन गतिविधिको बीच, जम्मू कश्मीरका डीजीपी दिलबाग सिंहले अधिकारीहरूलाई थप सतर्क रहन निर्देशन दिए । उनको निष्कर्ष छ, आतंकवादीहरुले हमलाका लागि निरन्तर ड्रोन प्रयोग गर्न खोजिरहेका छन् ।
समाचार एजेन्सी पीटीआईले डीजीपी दिलबाग सिंहलाई उद्धृत गर्दै लेखेको छ, “आतंकवादी गतिविधि आतंकवादी गतिविधिहरूका लागि ड्रोन प्रयोग गर्ने निरन्तर प्रयास गरिरहेको छ ।”
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar