५ साउन,काठमाण्डौ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षमाथी कारवाही गर्न ओली पक्ष अलमलिएको छ ।
हिजो सोमबारदेखी सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन माधव समूहका सांसदहरुलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेपनी ओली पक्ष अलमलिएको हो । एमालेको केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिए । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले पार्टीले सोधेको स्पष्टीकरणको पत्र नै नपाएको बताइरहँदा प्रवक्ता ज्ञवालीले सांसदहरुले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने जानकारी दिए ।
त्यस्तै आजको बैठकमा सातैवटा प्रदेशका पार्टी अध्यक्षहरुले ब्रिफिङ गरेको पनि ज्ञवालीले जानकारी दिए । त्यस्तै आजको बैठक भोलि ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar