५ साउन,काठमाण्डौ – देशकै ठुलो तरकारी बजारमा कालिमाटीबाट उपत्यका भित्र तरकारी बोक्ने गाडीमा २०४८ देखि सिन्डिकेट रहेको पाइएको छ ।
सार्वजनिक सवारीमा सिन्डिकेट हटाएको भनिए पनि कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी बोक्ने गाडिमा भने अझैं सिन्डिकेट कायम रहेको छ । २०४८ साल यता कालिकाटीमा उपत्यका भित्र तरकारी बोक्ने भाडाको गाडी थपिएका छैनन । कालिमाटीमा ३४ वर्षदेखि तरकारी ढुवानीमा नीजि गाडीको एकलौटी दादागिरी रहेको यातायात अभियन्ता रामबहादुर थापा बताउछन । २०४३ साल देखि २०४८ सालसम्म ३५० वटा टुरिस्टर ट्याम्पो दर्ता भएर उपत्यकाभरी तरकारी तथा फलफूल ढुवानी गर्ने गर्दथे । २०४८ सालमा त्यसको दर्ता बन्द भएपछि २०६० भदौ २२ गतेको मन्त्रीपरिषद बैठकले तीन पांग्रे ट्याम्पोलाई विस्थापन गरेर चार पांग्रे सवारी साधन दिने भनेर निर्णय गरेको थियो ।
त्यति वेला ३५० वटा तीन पांग्रे ट्याम्पो खारेज भएर ३५० वटा मात्र भ्यान दर्ता गरिएको अभियन्ता थापाले बताए । त्यति वेला जति पुरानो थियो त्यति नै दर्ता गरिए तर एउटा पनि थप गरिएन । ३४ बर्ष अघिको भन्दा आज जनसंख्या धेरै नै बढेको छ, तर गाडी बढ्न सकेनन । काठमाडौंको जनसंख्या कयौं गुण बढ्यो, तर तरकारी बोक्ने गाडी भने एउटा पनि थपिन सकेन । सरकारले तरकारी ढुवानी गर्ने गाडीको दर्ता नखोली दिंदा तरकारी निकै महंगो हुन पुगेको अभियन्ता थापाको जिकिर छ ।
कालिमाटी विद्यमान तरकारीको भाउ भन्दा ठिक दोब्बरमा उपत्यकाका उपभोक्ता तरकारी किन्न बाध्य छन । नीजि (रातो नक्म्बर प्लेटको सवारी) ले तरकारी बोक्दा ढुवानी भाडा दोब्बर लिने गरेको पाइन्छ । एक तरकारी व्यवसायीका अनुसार हरेक विहान तरकारी ढुवानी गर्दा १५ सय हाराहारीमा गाडी भाडा लाग्छ ।
सटर भाडामा लिएर वा स–सानो पसल राखेर तरकारी बेच्ने व्यपारी भाडाको कारण भाउ बढाउन बाध्य भएको बताउछन ।
कालो प्लेटको गाडीको दर्ता नखुल्दा नीजि गाडीले दोब्बर भाडा लिएर तरकारी बोकिरहेको आरोप अभियन्ता थापाको छ । जसले गर्दा एकातर्फ राज्यलाई आउने कर गुमिरहेको छ, भने अर्को तर्फ उपभोक्ताले चर्को मूल्यामा तरकारी किन्न बाध्य छन । रातो नम्बर प्लेटका तरकारी तथा फलफूल बोक्ने गाडीले सरकारलाई बुझाउनु पर्ने करका साथै हरेक ६/६ महिनामा गर्नुपर्ने प्रदुषण जाँच पास पनि नगर्ने तथा रुट परमिट पनि नलिने गरेको बताइन्छ ।
तरकारी बोकेको भाडा बढी लिने र सरकारलाई कर समेत नतिर्ने नीजि गाडीले राज्यलाई ठगिरहेको अभियन्ता थापाको आरोप छ । उनले भने, ‘सरकार नयाँ दर्ता खोल्दैन, व्यावसायीले एकतर्फी लुटेको लुट्यै छन ।’ सिन्डिकेट हटाएको भन्ने सरकारले दैनिक लाखौं जनताको चुलोसँग जोडिएको विषयमा चासो दिनुपर्नेमा अभियन्ता थापाले जोड दिए । कालिमाटीमा कालो प्लेटको गाडिको दर्ता खोलेर तरकारी बोक्ने गाडीको प्रतिष्पर्धात्मक तरिकाले तरकारी ढुवानी गरिनुपर्ने तर्क अभियन्ता थापाको छ ।
कालिमाटीमा तरकारी बोक्ने गाडीको विषयमा बुझ्दा कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले सवारी साधन विकास समितिको मातहतमा नरहेको बताए । उनले भने, ‘तरकारी बोक्ने गाडी १ हजार भन्दा बढी होलान तर त्यसको लेखा जोखा हामी सँग छैन ।’ दैनिक ७ मेट्रिक टन तरकारी कालिमाटी भित्रिरहेको बताउदै उनले भने, ‘कालिमाटीबाट उपत्यका भित्र तरकारी ढुवानी गर्ने दूई प्रकारका गाडी भएपनि यकिन तथ्यांक भने छैन ।’
यसवारे बुझ्दा यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुषालले ठाँउ विशेषको यकिन तथ्यांक नभएको बताए । उनले भने, ‘पछिल्लो समय कालो नम्बर प्लेटको भ्यानको नयाँ दर्ता खुलेको छैन । कहाँ कति छन भन्ने तथ्यांक विभागमा छैन ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar