४ साउन,पर्सा – प्रहरीले खैरो हेरोइनसहित वडाध्यक्षलाई पक्राउ गरेको छ ।
पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका – १ वडाध्यक्ष ‘अम्बिका’ पनि भनिने अमेरिका सहनीसहित तीन जनालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । वडाध्यक्ष सहनीसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय रामआदेश सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।
वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई आइतबार राति वीरगञ्ज महानगरपालिका – १९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पक्राउ गरेको बताइएको छ । वडाध्यक्ष सहनीले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै ७९ ग्राम लागुऔषध खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।
उनीसँगै वडा सदस्य बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदैथिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएको प्रहरी निरीक्षक थापाको भनाइ छ । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar