४ साउन,काठमाण्डौ – सरकारले आजदेखि देशैभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान शुरु गर्ने भएको छ ।
आज (सोमबार)देखी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप लगाउने तयारी गरेको हो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप निःशुल्क प्रदान गरेको छ । यो खोप एक डोज मात्रै लगाउँदा पुग्छ। आज र भोलि दुई दिन सञ्चालन हुने यो खोप अभियानमा ५३ देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यसैगरी यसअघिको खोप अभियानमा छुटेका तोकिएको समूहका व्यक्तिहरुले खोप लगाउन पाउने छन् । पूर्ण र अति अपाङ्गता (क र ख वर्ग) का नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी र स्वास्थ्यकर्मीले पनि खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप अभियान सञ्चालनका लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा खोप केन्द्र तोकिइसकेका छन् । खोप पुग्न बाँकी कतिपय दुर्गम जिल्ला बाहेक देशका धेरैजसो जिल्लामा आज र भोलि जोन्सन खोप अभियान सञ्चालन गरिने पौडेलले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकामा सञ्चालित केही खोप केन्द्रको अनुगमन गर्दैछन् । जोरपाटीस्थित अपाङ्ग अस्पतालमा सञ्चालित खोप केन्द्रबाट बिहान १० बजेदेखि देउवाले अनुगमन शुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध, पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar