३ साउन,काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।
आज आईतबार दिउँसो सिंहदरबारमा भएको माधव नेपाल निकट सांसदहरुको भेलामा उपाध्यक्ष डा.रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् ।
उनलाई भेलामा उपस्थित सांसदहरुले भने राजीनामा नदिन आग्रह गरेका थिए । आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् ।
नेकपा एमालेको २६ सांसदसमेत १४९ सांसदको समर्थनमा धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेका उनलाई सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar