२ साउन,जनकपुरधाम – प्रदेश नं.२ मा नेकपा माओवादी केन्द्रका दूईजना मन्त्रीले सफथ ग्रहण गरेका छन् ।
आज शनिबार, प्रदेश प्रमुख डा.राजेश अहिराज र मुख्यमंत्री लालबाबु राउतले माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्णलाई सपथ खुवाएका हुन् ।
प्रदेश प्रमुख डा. अहिराजले मंत्री साहलाई र मुख्यमंत्री राउतले राज्यमंत्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । उनीहरुले शहिदको नाममा शपथ लिए । मन्त्री बनेका साह र कर्णलाई बधाई दिन प्रदेशका आठै जिल्लाबाट माओवादीका नेताहरु उपस्थित् भएका थिए ।
सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमंत्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar