२ साउन,काठमाण्डौ – प्रहरीले अवैध लागु औषधसहित काठमाडौंको नागढुंगाबाट २ जनालाई पक्राउ गरेको छ ।
आज शनिबार बिहान नागढुंगा प्रहरीले लागु औषधसहित सर्लाही लालबन्दी नगरपालिका ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका ४ बस्ने २१ वर्षीय मनिष माझीलाई पक्राउ गरेको हो ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथमा लागूऔषध डाईजेपाम १७ एम्पुल, नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र नाईट्राभेट ४४ ट्याब्लेट फेला परेको थियो ।
प्रहरीले बरामद लागुऔषधसहित उनिहरुमाथी अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar