२ साउन,सिरहा – सिरहाको भगवानपुर गाउँपालिकाको कार्यालय भगवानपुरमा ४० लाख लागतमा बनेको ढलान बाटो एक हप्ता नबित्दै भत्किएको छ ।
गाउँपालिका कार्यक्रमको बजेटले २०७७/७८ सालको असार महिनामै गरेको सो बाटो ढलान भत्किएको हो । स्थानीयबासीका अनुसार गाउँपालिकाले असारको अन्तिम समयमा आएर बजेट सकाउन हतार हतारमा स्थानीय दुनियालाल यादवको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी ४० लाखको लागतमा बाटो ढलान गरेका थिए ।
एकातिर बनाउँदै जाँदा अर्कोतिर भत्कीरहेको थियो । एक हप्ता नवित्दै पुनः ठाउँ ठाउँमा उक्त ढलान भत्किने र चर्कने भएको छ । स्थानीय बिजय यादवले बजेट सकाउन मात्र यहाँ बाटो ढलान गरेको बताए । उहाँले बाटो ढलानको काम नभएको तर हाललाई नालाको अति आवश्यक रहेको बताए ।
स्थानीयले जबरजस्तीको असारे विकासको परिणाम र गापा कार्यक्रमको बजेटको दुरुपयोग बढ्दै गएको बताए । बाटो ढलान गर्दा पुरै गुणस्तरहिन काम गरेको उनीहरुको आरोप छ । उनीहरुले ढलानमा प्रयोग हुने माल मात्र अनुसार नभएकोले ढलान गुणस्तर नभएको दाबी छ ।
अध्यक्ष बेचन यादवले आफ्नै गाउँका जनतालाई समेत विकास निर्माणको कार्यमा ठग्दै विना मतलवको कार्यहरुमा कमिशनको चक्करमा बजेट दुरुपयोग गरिरहेको सर्वसाधारणको आरोप लगाउदै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar