३१ असार,काठमाण्डौ – आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डिएसपी भन्दै आतंक मच्चाउँदै हिड्ने एग्रोमाट नेपाल भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्ट पक्राउ परेका छन् ।
आज बिहिबार, एग्रोमाटका अध्यक्ष भट्टलाई अख्तियार को टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भट्टले एमपी इन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा गइ आफूलाई अख्तियारको डीएसपीको रुपमा चिनाउँदै महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई काम गर्न अनावश्यक दवाव दिएका थिए ।
त्यस्तै उनले नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सीईओ एवं माथिल्लो तहका व्यक्तिहरुसँग र विभिन्न स्थानमा समेत सम्पर्क भन्दै हिँड्ने गरेको सूचनाका आधारमा अख्तियारको टोलीले विभागबाटै नियन्त्रणमा लिएको हो ।
उनलाई अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar