३० असार,काठमाण्डौ – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।
बुधबार, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिन राजदूत क्वात्रा देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । दूतावासका अनुसार बधाई ग्रहण गदै प्रधानमन्त्री देउवाले आफूले भारतको साथ मिलेर काम गर्न चाहेको र भारतको सदैव सहयोग रहने अपेक्षा गरिएको धारणा राखेका थिए ।
राजदूत क्वात्राले सम्पूर्ण भारतीय जनताको तर्फबाट बधाई ग्रहण गर्न देउवालाई आग्रह गरेका थिए । बधाई दिने क्रममा क्वात्राले नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउन दुई देशको साझा स्वार्थमा मिलेर काम गर्ने धारणा राखेका थिए । नेपालको विकास र समृद्धिमा भारत सधैँ सहयोगी भएर काम गर्न तयार रहेको र देउवाको कार्यकालमा सम्बन्ध र सहकार्य बलियो हुने विश्वास व्यक्त गरेको धारणा उनले राखेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar