२९ असार,काठमाण्डौ – सर्वोच्च अदालतको फैसलापछी राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेपछी नेपाली कांग्रेस सरकारमा पठाउने मन्त्रीको छनोटमा जुटेको छ ।
काँग्रेस सभापति देउवाले पार्टीबाट आफ्नो सारथिको छनोटका लागि छलफलमा छन् । सोमबारदेखि देउवाले काँग्रेसभित्र मन्त्री छनोटको गृहकार्य अगाडि बढाएको पाइन्छ । देउवा आफू पक्षीय उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायतसँग आन्तरिक छलफलमा छन् ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आन्तरिक छलफल गर्दै छन् । सिटौलाले एक बजे आफू पक्षीय नेताहरुलाई निवास बोलाएका छन् । सिटौला समूहबाट नेता गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जना मन्त्री बन्ने पक्का छ । देउवा पक्षबाट आज खाणलाई मन्त्री बनाउने सम्भावना बलियो छ ।
यस्तै अर्थमन्त्रीमा नेता नारायण खड्का, ज्ञानेन्द्र कार्की, उद्योगपति विनोद चौधरी लगायतले लबिङ गरिरहेका छन् । यस्तै रामचन्द्र पौडेल पक्षले पनि अर्थ मन्त्रालय नजर लगाएको छ । त्यसका लागि नेता रामशरण महत र मिनेन्द्र रिजाल लागि परेका छन । महतले हिजो नै देउवा निवास पुगेर वर्तमान अर्थ संकटको समाधानका लागि आफूलाई ६ महिना भएपनि अर्थमन्त्री बनाउन आग्रह गरेको बुझिएको छ ।
आज पनि महामन्त्री शशांक कोइरालाई साथमा लिएर रिजाल पनि देउवा निवास पुगेका थिए । देउवाले नेता प्रकाशमान सिंहसँग पनि छलफल गरिरहेका छन् । १४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्ने गरी सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा भित्र्याउने देउवाको रणनीति रहेको स्रोतको दाबी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar