२९ असार,काठमाण्डौ – प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुध्दको बिरोधमा नेकपा एमालेका युवा नेता महेश बस्नेतको टिप्पणीमाथी सर्वोच्च अदालत प्रशासन गम्भिर बनेको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा नेता महेश बस्नेतले न्यायपालिकामाथि अभद्र,अमर्यादित र अशोभनीय टिप्पणी गरेकोलाई गम्भीरतापूर्वक लिएको सर्वोच्च प्रशासन श्रोतले जनाएको छ । सर्वोच्चको फैसला लगत्तै नेता बस्नेतले अदालतको फैसला अस्वीकार गर्ने खुला चुनौती दिएका थिए ।
बस्नेतले अदालत सेटिङमा चलिरहेको आरोप लगाँउदै प्रधानन्यायधिसमाथी कटाक्ष गरेको थिए । उनले प्रधानन्यायधिसमाथी कटाक्ष गर्दै तुच्छ शव्द प्रयोग गरेकोप्रति नेता बस्नेत र अन्य ब्यक्तिहरुलाई मानहानीको विषय बनाउन लागिएको सर्वोच्च श्रोतले जनाएको छ ।
फैसला बाहिरिएलगत्तै आन्दोलनको नेतृत्व गर्दै माइतीघर मण्डला पुगेका बस्नेतले उग्र भाषण गरेका थिए । भाषणका क्रममा उनले सर्वोच्च अदालतलाई ‘घाँस खुवाएर’ सेटिङ्गमा फैसला गराएको गम्भीर आरोप लगाएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको नामै किटेर बस्नेतले एमालेलाई हराउन मन भए कांग्रेस प्रवेश गरेर चुनावमा आउन चुनौती दिएका थिए । बस्नेतको उग्र भाषण त्यतिमै रोकिएन,प्रधानन्यायाधीश राणाले अर्को खिलराज रेग्मी प्रकरण निम्त्याउन खोजेको पनि बताएका छन् ।
कुनै हालतमा फैसला कार्यान्वयन गर्न नदिने बस्नेतको अभिव्यक्तिलाई एक जना कानुन व्यवसायीले लोकतान्त्रिक चरित्र विपरित भएको बताएका छन् । अदालतको फैसलाप्रति विमति राख्न पाइन्छ तर अस्वीकार गर्छु भन्न पाइँदैन । तर,बस्नेतले फैसला कार्यान्वयन गर्न नदिने भन्दै न्यायपालिकामाथि गरेको अमर्यादित टिप्पणीले उनलाई मानहानीको मुध्दा लाग्ने ती कानून व्यवसायी बताउँछन् । उनले बस्नेतविरुद्ध आफैँ रिट लिएर अदालत जानसक्ने पनि बताएका छन् ।
केहि समयअघी राष्ट्रपतिमाथी कटाक्ष गरेकी सांसदसमेत रहेकी एमालकी युवानेत्री रामकुमारी झाँक्रीको अभिव्यक्तिका कारण झाँक्रीलार्यसमेत गिरफ्तारी परेकी थिईन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar