२८ असार,काठमाण्डौ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरिदिएपछी काँग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् ।
विपक्षी गठबन्धनका नेताहरूसँग छलफल अघी आन्तरिक छलफलका लागी देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । काँग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आफूहरु देउवा निवास जान लागेको जानकारी दिए ।
पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने खड्काले बताए । सर्वोच्च दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको बुझिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar