२७ असार,काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको स्थाई कमिटी बैठक बारे बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अनभिज्ञता प्रकट गरेको छ ।
आज साँझ ४ बजे ओली पक्षले बोलाएको स्थाई कमिटी बैठकबारे नेपाल पक्ष अनभिज्ञ रहेको नेपाल निकटका नेताहरुले बताएका छन् । नेपाल पक्षको अनभिज्ञताले एमालेभित्रको विवाद मिलाउने कार्यदलको प्रयास असफल भएको संकेत देखिएको छ । नेपाल पक्षका नेता मुकुन्द न्यौपानेले स्थायी बैठक बोलाइएको बारे जानकारी नभएको बताए ।
एमाले कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला ओली पक्षले आइतबार अपरान्ह चार बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएसँगै विवाद समाधानको प्रयास निरर्थक बनेको आँकलन गरिएको छ ।
यसअघि बिहान कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई वरिष्ठ नेता माधव नेपालले अस्वीकार गर्दै सच्याउन भनेका थिए । नेपालले असहमति जनाएपछि कार्यदलका सदस्यहरु सहमतिका लागि पुनः छलफलमा जुटेका थिए । ओली पक्षका नेताहरुले आजै सहमतिमा हस्ताक्षर हुने दाबी गरेका थिए ।
सहमति नजुटी ओली पक्षले स्थायी कमिटी डाकेपछि माधव नेपाल पक्ष अन्यौलतामा परेका छन् । आजको बैठकमा पूर्व माओवादी पक्षबाट थपिएका स्थायी समिति सदस्यहरु पनि सहभागी हुने बताइएको छ । सिंहदरबारमा कार्यदलको बैठक भने अझै जारी छ ।
एमाले ओली पक्षले बोलायो स्थायी कमिटी बैठक : कार्यदल अन्यौलमा
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar