२२ असार,काठमाण्डौ – अजोड इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
कम्पनीले प्रधान कार्यालय सहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि ४७ कार्यालय, ३ वटा तेश्रो पक्ष बीमा काउण्टर र ७ वटा बीमा काउण्टर मार्फत बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ । कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरमा करिब २ सय ६७ जना कर्मचारी कार्यरत छन् ।
कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि वेभ वेस सिस्टम र कम्पयुटर बिलिङको व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एवं पारदर्शि बनाउने उदेश्यले फास्ट ट्रयाक दावी भुक्तानी नीति अवलम्वन गरि २ दुई लाख रुपैया सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।
चालु आ।बमा कम्पनीको चुक्ता पूँजी एक अर्व, लगानी १ सय ४७ दशमलब ३१ करोड र कुल दाबी भुक्तानी ५८ दशलमव ९७ करोड रहेको छ । कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा डिजिटल इन्सुरेन्स पोलिसी जारी गर्ने प्रकृयामा रहेको पनि कम्पनीले जनाएको छ । आगामी दिनमा कम्पनीले बीमा सेवाको पहँुच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ ।
कोभिड–१९ को दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हाल सम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १ सय २० दशलमव ८३ करोड बीमा शुल्क आर्जन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar