१५ असार,काठमाण्डौ – सौन्दर्यलाई विशेष महत्व साथ हेर्दै आएको फेसियल हाउसले असार १५ को उपलक्ष्यमा माटो थिममा क्युटनायिका तथा मोडल करुणा श्रेष्ठको फोटो सुट गरेको छ ।
फेसियल हाउसले सौन्दर्यको जगतमा आफ्नो बेग्लै पहिचान बनाइसकेको छ । उसले आफ्ना सेवाग्राहीलाई सकेसम्म सहज दरमा उत्कृष्ठ सेवा दिँदै आएको हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बताउँछिन् ।
महरा फेसन शो र फोटो सुटको माध्यमबाट पनि आफ्नो सौंन्दयलाई फिट राख्न सकिने बताउँछिन् । महराले काठमाडौं उपत्यकामा मात्र नभएर विभिन्न मुख्य शहरमा पनि सेवाग्राहीको मागलाई सम्वोधन गर्दै सेवा दिइरहेकी छिन् ।
असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरिएको फोटो सुुटमा आकर्षक र मनमोहक भएको महराको भनाई छ । टिभी कार्यक्रम प्रस्तोतासमेत रहेकी करुणा मिस कलेज २०११ को विजेता पनि हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar