१३ असार,काठमाण्डौ – गत बैशाख १६ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा अझै एक साता थप गर्ने तयारी गरिएको छ ।
आज (आईतबार) साँझ बस्ने काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो पार्ने सम्भावना रहेको छ ।
कोरोना महामारी रोक्न जारी निषेधाज्ञा दुई महिना पुग्न लागेको छ । तर संक्रमणको जोखिम कायम रहेको बताउँदै ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले भने , ‘निषेधाज्ञालाई थप एक साता लम्ब्याउन सकिन्छ ।’ निरौलाले यसअघिको बैठकले जोर बिजोर प्रणालीबाट निजी सवारीसाधन गुड्न दिएको बताउँदै आजको बैठकमा सार्वजनिक यातायात सञ्चालनबारे छलफल हुने जानकारी दिए ।
यद्धपी सार्वजनिक यातायात नखुले पनि निषेधाज्ञा अहिलेको भन्दा केही सहज हुने उनको दाबी छ । अहिले हप्तामा तीन दिन आलोपालो गरेर विभिन्न पेशा,व्यवसाय र पसलहरु खुलाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar