११ असार,काठमाण्डौ – माओवादी केन्द्रबाट चुनाव जितेर नेकपा एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधिलाई पदमुक्त भएका छन् ।
आज शुक्रबार सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले १४ जनप्रतिनिधिको पद रिक्त रहेको जानकारी दिएको हो । गत असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको सुचनामा जनाएको छ ।
पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका स्थानिय तहका १/१ जना रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar