१० असार,काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छिन् ।
गत वैशाख अन्तिम साता संवैधानिक परिषद्ले सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै राष्ट्रपति भण्डारीले आज नियुक्त गरेकी हुन् । गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।
संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उहाँहरुको सिधै नियुक्ति भएको हो ।
को को भए नियुक्त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग :
हरि पौडेल, सदस्य
सुमित्रा श्रेष्ठ, सदस्य
लोकसेवा आयोग :
माधवप्रसाद रेग्मी, अध्यक्ष
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जुकुमारी, सदस्य
निर्वाचन आयोग :
सगुनशम्शेर जबरा, सदस्य
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग :
विपिनराज निरौला, सदस्य
राष्ट्रिय महिला आयोग :
जया घिमिरे, सदस्य
सावित्राकुमारी शर्मा, सदस्य
सुन्दर पुर्कोटी, सदस्य
राष्ट्रिय समावेशी आयोग :
रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य
आदिवासी जनजाति आयोग :
सुर्यबहादुर गुरुङ, सदस्य
मधेसी आयोग :
आभाकुमारी, सदस्य
थारु आयोग :
उमाशंकर प्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य
मुस्लिम आयोग : मोहम्मद समशुल हक, सदस्य
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar