६ असार,बुटवल – लुम्बिनी प्रदेश सभा बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ।
आज आईतबार बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा अल्पमतमा परेको सरकारले ल्याएको बजेट जवरजस्त पास गर्न लागेको भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् ।
गत असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए । त्यसपछि काँग्रेस, माओवादी र जसपाका सांसदहरु बैठकबाट हिँडेका थिए ।
उता सत्तापक्षले भने आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश गर्ने कार्यसूची रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar