५ असार,काठमाण्डौ – गत असार १ गते मेलम्ची खोलामा गएको बाढीको कारण पत्ता लागेको छ ।
आज शनिवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एक सूचना प्रकाशित् गरी खोलामा गएको बाढीको कारण पत्ता लागेको र अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको हो ।
गाँउपालिकाले प्रकाशित् गरेको सुचनामा गत असार १ गते बेलुकी करिव साढे ७ बजे मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण सोही गाउँपालिकाको वडा नं १ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो जानु उल्लेख गरेको छ ।
डा. रविन राज निरौलाले गाँउपालिकालाई उपलव्ध गराएको गुगल म्याप र फोटोसहितको प्रतिबेदनमा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हाल सम्म एकिन नभएको बताएकोले थप बाढी जान सक्ने हुँदा उच्च सावधानी अपनाउन समेत गाउँपालिकाले आग्रह गरेको छ ।
उक्त प्रतिबेदका अनुसार उक्त चौरको अन्य भुभागसमेत खस्न ठिक्क छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar