५ असार,काठमाण्डौ – नेपाल – चीन सीमानामा तामाकोशी नदीमा मिसिने रोङ्सी खोलामा खसेको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ ।
हिजो राती रोङ्सी खोलामा पहिरो जाँदा पानीको बहाव थुनिएको थियो । उक्त पहिरोका कारण तामाकोशीमा जुनसुकै बेला पनि पहिरो आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले हाइ अलर्ट जारी गरेको थियो । अहिले पनि उक्त क्षेत्रमा चिनियाँ टोलीले पहिरो हटाइरहेकाले तामाकोशी नदी तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन प्रशासनले अनुरोध गरेको छ ।
शनिबार बिहानैदेखि चिनियाँ टोलीले तिब्बत क्षेत्रमा पर्ने उक्त पहिरो हटाइरहेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार पहिरोले थुनिएको उक्त खोला फुट्ने जोखिम रहेकाले नेपालतर्फ सतर्क रहन अनुरोध गरिएको हो ।
उक्त खोला तामाकोसी नदीमा आएर मिसिन्छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोशी दोभान छ । पहिरो खुलाउने क्रम जारी रहँदा प्रशासनले स्थानीयलाई सचेत हुन अपील गरेको हो । पहिरो हटेपछि पानीको बहाव बढ्ने भएकाले केही ठाउँ क्षति हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपि अहिलेसम्म पानी आइनसकेको र स्थिति साधारण नै रहेको घिमिरेको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar