५ असार,काठमाण्डौ – राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी बुझाउनेहरुका लागि १० प्रतिशत छुट गर्ने भएको छ ।
बैंकले विज्ञप्तिमार्फत कोरोना सङ्क्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो ।
कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले यो महिनाभित्र कर्जाको किस्ता र ब्याज बुझाउनेहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको हो ।
सहुलियतबारे जान्नका लागि सम्बन्धित शाखा कार्यालयमा बुझ्न समेत राष्ट्रिय वाणिज्य बैंकले आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar