२ असार,काठमाण्डौ – सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधि सभा विघटन मुद्दामा सहयोगका लागि दुईजना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा सिफारिस गरेको छ ।
सर्वोच्च बारको मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्यूरीमा सिफारिस गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने परामादेशको माग राख्दै सांसदहरुले विघटनविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्धाको संवैधानिक इजलासमा जारी सुनुवाइ असार ९ गतेदेखि हुँदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar