“बन्दुक बोकाउनेहरु अरबपती खरबपती भए तर बन्दुक बोक्ने हरु अधिकांश मारे बचेकाहरुलाई खाडी मुलुकमा रगत पसिना बेच्न बाध्य तुल्याए त्यस्तै बिचार सिद्धान्त बोकाउनेहरु अरबपति खरबपति भए तर बिचार सिद्धान्त बोक्नेहरु अहिले पनि सडक मै छन”चन्द,लोहनी,राणा,लावती,बिस्ट जस्ताले त नसकेर हार खाए भने अर्को राणा,लिङ्देनले सक्लान जस्तो मलाई लाग्दैन किनकी आफू सहभागी भएको सरकार ढालेर अर्कोलाई सरकार बनाउन सघाउने मान्छे हुन त्यति मात्र कहाँ होर बाबूआमाले मलाई मान्नुपर्छ भन्ने ब्यक्ती हुन्।
आफ्नो पार्टी आफूले बोकेको बिचार सिद्धान्त एजेण्डालाई स्थापित गराउन पछि लागेका भए,बिचार सिद्धान्त एजेण्डाप्रती प्रतिबद्ध कठिबद्द भइ दिनरात घामपानी हुरिबतास आधिबेरी बिहान दिउँसो साझ राती केही नभनी अहोरात्र खटिने अधिकांश मानिसहरुलाई तितर बितर पार्दैन थिए होलान। राजा र धर्मको नाम बेच्ने खाने बाहेक केही गर्न सकेनन।आजसम्म ३०/३१ बर्षमा कतिपटक मन्त्री भए होलान,पन्चायत खाए, बहुदल खाए,राजाको पालामा पनि खाए,हुदाहुदै गणतन्त्रसम्म खान भ्याए । बिश्वको उत्कृष्ट संविधान भनी गणतन्त्रको प्रबत्ता समेत बन्न भ्याए त्यती मात्र कहाँ होर रास्ट्रपतिको प्रस्ताबक समर्थक समेत रहन भ्याए।
३०/३१ बर्षमा न पार्टी मिलाएर संगठन बिस्तार गरेर पार्टी ठुलो बनाउन सके न त पार्टी सरकारमा गएको बेला जनता कार्यक्रता कै काम गर्न सके। चाकरी र चाप्लुसी गुलामि गरेकै भरमा आफू पनि मन्त्री बनेरहे र त्यही मानसिकता बोकेर त्यस्तै चाकरी चाप्लुसी गुलामी गर्नेहरुलाई पद बाढिरहे त्यस्ता लाई सभासद मात्र बनाएनन मन्त्री पनि बनाए अत्यमा अधिकांशले धोका दिए।हुन त जस्तालाई त्यस्तै ढिडोलाई निस्तै भने झै उनिले बिचार सिद्धान्त एजेण्डा मन परेर पछि लागेका कार्यक्रता शुभ चिन्तकहरुलाई धोका दिएका थिए। त्यसको बदलामा उनैले बनाएको नेता सभासद मन्त्रीले उनै लाई धोका दिए। ५ ठाँउमा उम्मेद्बारी दिने अनि दुई तिहाइ लेराएर राजसंस्था हिन्दु अधिराज्य पुनःस्थापना गर्छौ भन्ने, सायद आज आत्मग्लानी पश्चाताप भए कै होला।
यस्ता ब्यक्तिसंग सिंघोरी खेलेर कतै दोश्रो पुस्ताका नेताले समय त बर्बाद गर्दै छैनन ! हिजो त चतुर खेलाडी भनिने एक्लै थिए अहिले धुर्त खेलाडिहरु पनि उनका साथमा छन यिनिहरु ले आप मात्र खान्नन बोट नै खान्छन त्यसैले बेलैमा सजक सतर्क भएर आफूहरुलाई साथ दिने नेता कार्यक्रता सुभ चिन्तक जनताको भावनालाई कदर गर्दै सबैलाई समेटेर अघि बढ्नु बेश होला जस्तो लाग्छ।
यो बेला बरु एक कदम पछि हटेर भएपनी सबैलाई समेटेर सडकमा जानू उचित हुन्छ फेरि त्यसैपनी आम जनतामा पार्टी प्रती बितृष्णा छाएको छ । यो बेला पार्टीको झण्डा बिसाएर केबल देशको झण्डा बोकेर अघिबढ्दा उचित हुन्छ यो बेला केही गर्न सकिएन भने अहिले सम्म गरेको मेहनत परिश्रम समय लगानी त खेर जान्छ नै न नेपाल रहन्छ न त नेपाली नै भन्न पाउनेछौ भाबी पुस्ताले धिकार्नेछन,समय मै सोचौ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar