३१ जेठ,काठमाण्डौ – रिलायबल नेपाल लाइफ इन्सुरेन्सले आगामी असार ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
भर्चुअल माध्यमबाट सभा गरिने कम्पनीले जनाएको हो । सभामा कम्पनीको आइपीओ निष्कासन सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ ।
आर्थिक वर्ष २०७६र७७ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम रहेको छ । रिलायबल नेपालले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरिरहेको छ । आइपीओ बिक्री पछि भने यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar