३० जेठ,काठमाण्डौ – छिमेक लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट कोभिड – १९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीहरु महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईलाई हस्तातरण गरेको छ ।
छिमेक लघुवित्त वित्तीय संस्थाका नायब महाप्रबन्धक दिपक निधि तिवारीबाट सो सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा उक्त वित्तीय संस्थाका सहायक महाप्रबन्धक दिलिप कुमार श्रेष्ठ, प्रशासन तथा कानुन विभागका विभागीय प्रमुख दिपक पाण्डे र योजना तथा सञ्चालन विभागका विभागीय प्रमुख मेष बहादुर बस्नेतको उपस्थिति रहेको थियो ।
विश्वब्यापी विषम परिस्थितीको रुपमा देखा परेको कोभिड–१९ को संक्रमण जोखिमको रोकथाम तथा न्यूनीकरण गर्न साथै थप फैलन नदिन जनताको स्वास्थ्य सुरक्षाको लागि अग्रपंक्तिमा रहि अहोरात्र खटिनु हुने ट्राफिक प्रहरीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै यो समयमा अहोरात्र खटिदा महामारीबाट संक्रमित हुन सक्ने प्रवल सम्भावनालाई मध्य नजर गर्दै त्यस्को न्यूनीकरणमा उच्च मनोवल बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar