२८ जेठ,धादिङ – सामाजिक संस्था हेक्याफद्धारा मलेखुस्थित् राजमार्ग सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।
बेनिघाट रोराङ गाँउपालिका वडा नं. ३ रिचोकटार स्थित् युवा समाजसेवी उमेश कंडेलको पहलमा HEALTH ENVIRONMENT & CLIMATE ACTION FOUNDATION (HECAF-360) हेक्याफ ३६० महाराजगन्ज काठमाण्डौंले अस्पतालका लागी मेडिकलजन्य सामाग्री बितरण गरेको हो ।
हेक्याफले अस्पतालका लागी मेडिकलजन्य शुरक्षित कपडा ८० थान, फेससिल्ड ४० थान, आँखालाई शुरक्षित गर्ने चस्मा ४० ,मेडिकल फेस मास्क ४० थान, मेडिकल क्याप ४० थान, डिस्पोजजेवल सर्जिकल मास्क ५०० थान, डिस्पोजेवल जुत्तामा लगाउने कभर ४० थान लगायतको स्वास्थ्य सामाग्री सहयोग गरेको अस्पतालले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar