२६ जेठ,धादिङ – नेपाल प्रेस युनियन धादिङका सदस्यसमेत रहेका हिमालयन टेलिभिजनका पत्रकार बिकास रौनियारमाथीको कटाक्षप्रति प्रेस युनियन धादिङले घोर भत्सर्ना जनाएको छ ।
बुधबार, प्रेस युनियन धादिङले विज्ञप्ती जारी गर्दै आफ्ना सदस्यसमेत रहेका हिमालयन टेलिभिजनका धादिङ संवाददाता रौनियारले केही दिन अघि लेखेको ‘धादिङको चेपाङ बस्तिमा भोकमरी’ भोकै बस्न बाध्य शीर्षकको समाचारको बिसयलाइ लिएर सामाजिक संजाल मार्फत राजेन्द्र दुध राज नामको एकाउन्ट बाट गाली ब्यईज्यती र अपमानित गरेको बिसयमा गम्भीर ध्यानाकर्षण गराँउदैै भत्सर्ना जनाएको हो ।
विज्ञप्तिमा पत्रकारले सम्बन्धित क्षेत्रमा नै पुगि दृश्य सहित लेखेको समाचारलाई तोडमोड गरि सामाजिक संजाल मार्फत गाली बेजती गर्नुले सिङ्गो पेशा प्रतिको अपमान ठहरिएको जनाएको छ ।
त्यस्तै समाचारको बिसयमा चित्त नबुझे कानुनी बाटो अबलम्बन गर्ने अधिकार हुँदा हुँदै पत्रकारको चरित्र हत्या गर्ने गरि गाली गलौज र अपमान गरि पेशा प्रति हतोत्साहित गर्ने गतिबिधिको प्रेस युनियन धादिङ घोर भत्सर्ना गर्दै उचित छानबिन र कारबाहिको लागि सम्बंधित निकाय सङ्ग आग्रह समेत गर्दछ । साथै पत्रकार बिकास रौनियारको ब्यक्तिगत सुरक्षाको समेत माग गर्दछ । बिज्ञप्तिमा जनाईएको छ ।
पत्रकार रौनियार नेपाल पत्रकार महासंघ धादिङका कार्यसमिती सदस्यसमेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar