२४ जेठ,काठमाण्डौ –प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएका छन् । उनी बिरामी परेका कारण आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । ‘सम्माननीयज्यू बिरामी पर्नुभयो, त्यसैले आज संवैधानिक इजलास बस्दैन’ अदालत स्रोतले भन्यो । जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अनुपस्थितिसँगै सोमबार तीनवटा इजलासमा ५ जना न्यायाधीशको मात्रै बेञ्च तोकिएको छ ।
सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित कुल २० न्यायाधीश छन् । उनीहरुमध्ये सोमबार बमकुमार श्रेष्ठ, सुष्मालता माथेमा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र कुमार चुडालदका मात्रै बेञ्चहरु तोकिएका छन् । बाँकी १४ न्यायाधीशको बेञ्च तोकिएको छैन ।
अदालत स्रोत भन्छ, ‘लकडाउनका कारण मुद्दाहरु नै कम छन् ।त्यसैले यस्तो भएको हो ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar