२४ जेठ,काठमाण्डौ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ । एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आव्हान गरेपछि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो । आजै नेता नेपालले ओलीको वक्तव्यबारे आफ्नो समूहका स्थायी समिति सदस्यहरुसँग छलफल गर्दैछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar