२० जेठ,धादिङ – धादिङमा धानको बीउ राख्ने समय सुरु भएसँगै मलको अभाव भएसंगै किसानहरु चिन्तित भएका छन् ।
गत सालजस्तै यसपटक पनि धानको बीउ राख्ने समयमा मलको अभाव भएको भन्दै किसानहरु चिन्तित भएका हुन् । गत वर्ष कोरोना महामारीकोसमेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो । बारिमा लगाएको मकै तथा चैते धान बालीमा मल छर्ने मुख्य सिजनमा पनि अभाव भएपछि किसान चिन्तित छन् । विगतका वर्षहरुमा झैं यो वर्ष पनि गाउँमा पर्याप्त मल नपाउँदा दिन भरि लाईनमा बसेर २५ किलो मल लान बाध्य भएका छन् । एक महिनादेखि युरिया मलको अभाव हुँदा किसानले मकै तथा चैते धान बालीमाचाहिने मात्रामा मल छर्न नपाएको बेनिघाट रोराङ किसानहरुले बताएका छन् ।
मल अभावले गर्दा धान बाली बिग्रेर यसवर्ष उत्पादन घट्ने सम्भावना रहेको धादिङका किसानहरु बताउँछन् । बढ्दो केरोना माहामारीको कुनै प्रवाह नगरी किसानहरु २५ किलो मलको लागि विहान देखि जोखिम मोल्दै लाईनमा बस्न बाध्य भएका छन् । एकातिर सरकारले मलको व्यवस्था गर्न सकेको छैन भने, अर्काे तर्फ भएको मल पनि विचौलियाको हातमा पुगे पछि किसाना पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन ।
१२ सय किसान सदस्य रहेको कृषक सुधार फलफुल तथा तरकारी सहकारी संस्था चरौंदीका १८ प्रतिशत सदस्यलाई २५ केजिका दरले सहरकारी वितरण गरेको छ । यस्तो अवस्थामा बालिनालीको उत्पादनमा गिरावट आई मुलुककै कुल गार्हस्थ उत्पादनमा नकारात्मक असर पर्ने सम्भावना बढेको छ ।’ मल बिक्री वितरणको जिम्मेवारी पाएका सहकारी संस्थाहरुले पनि युरिया र डीएपी दुबै मल पर्याप्त पाउन सकेका छैनन् ।
मल आयात गर्ने जिम्मा पाएको कृषि सामाग्री कंपनीले भएको मलपनि विचौलियाको हातमा पु¥याएको किसानहरुले बताएका छन् । ३६ सय बोरा युरीया र डिएपी मल आवस्यक रहेको बेनिघाट रोराङ गाउँपालिकामा हाल सम्म २० प्रतिशत मात्र मोल पुगेको छ । कोरोना भाइरस महामारीका बीच पैदलै हिँडेर मल लिन सहकारी धाउनेहरूको ठेलमठेलले सरकारको कमजोर व्यवस्थापन छरपष्ट पारिदिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar