१९ जेड,काठमाण्डौ – आज जेठ १९ गते । मुलुकमा गणतन्त्र स्थापनाका लागि सशस्त्र द्वन्द्व चलिरहेको बेला तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको दिन । हत्याकाण्ड भएको आज २० वर्ष पुगेको छ । २०५८ जेठ १९ गते शुक्रबार मध्यरात राजा वीरेन्द्र शाहको वंश नै नास भएको रात ।
राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र वीरेन्द्रका कान्छा भाई धीरेन्द्र शाहको ज्यान गएको थियो ।
वीरेन्द्रका माइला भाई अर्थात हाल पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा भएकाले बाँचेका थिए । पूर्वरानी कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड कसले र किन गरियो ? भन्ने तथ्य अझै पत्ता लाग्न सकेको छैन । २० वर्षसम्म पनि हत्याकाण्ड वास्तविकता रहस्यमयको गर्भमै छ ।
त्यसबेला नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार थियो । प्रधानमन्त्री दरबार मामिला मन्त्री समेत रहने व्यवस्था थियोा । प्रधानमन्त्री कोइरालाले सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए तर आमनागरिकले विश्वास गरेका छैनन् । हत्यारा, योजनाकार पत्ता लगाउन हरेक सरकारसँग माग गर्दै आइरहेका छन् ।
हत्याकाण्डबारे छानबिन गर्न गठित उक्त समितिमा सरकारका तत्काली प्रतिपक्ष दल नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई राखिए पनि नेपालले अस्वीकार गरेका थिए ।
सत्ताबाहिर रहँदासम्म दलका नेताहरूले दरबार हत्याकाण्ड र मदन भण्डरी हत्याकाण्ड जस्ता कुख्यात हत्यकाण्डको रहस्य पत्ता लगाउने वाचा गर्छन् तर सरकारमा पुगेपछि बेवास्ता गर्दै आएका छन् । हत्याकाण्डबारे छानबिन गर्ने विषय तिनको मानसपटलबाटै हटाउँदै आएका छन् ।
कुख्यात दरबार हत्याकाण्ड बाह्य शक्तिको हात रहेको अडकल आमनागरिकमा छ । बेलाबेलामा भारतीय सुरुक्षा निकाय रिटायर्ड उच्च अधिकारीहरुले दरबार हत्याकाण्ड आफ्नो रुचीमा भएको प्रतिक्रिया दिँदै आइरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar