१८ जेठ,काठमाण्डौ – सरकारले फेरी अध्यादेश ल्याउने तयारी गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी लक्षित अध्यादेश ल्याउन लागेको हो । सरकारका प्रबक्ता प्रदिप ज्ञवालीले सरकारले स्वास्थ्यकर्मी लक्षित अध्यादेश ल्याउन लागेको जानकारी दिए । “मन्त्रिरिषद् बैठकमा अध्यादेशबारे पनि छलफल भएको थियो,” उनले भने – “सम्भवतः स्वास्थ्यकर्मीका लागि अध्यादेश जारी हुन्छ ।”
अध्यादेशमा स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा, सुरक्षा आदि विषय समेटिने बताइएको छ । आजै अध्यादेश जारी हुने अर्का एक मन्त्रीको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar