१८ जेठ,काठमाण्डौ – कोभिड १९ को दोश्रो लहर सुरुभएसंगै देसका अधिकांश जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ ।
निषेधाज्ञाका क्रममा सरकारले सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने नियम बनाएको छ ।
त्यस्तै अत्याबश्यक काम बाहेक सरकारले तोकेको समयअवधि भन्दा पछि सवारीसाधन चलेमा उक्त सवारीलाई होल्डमा राख्न प्रहरीलाई जिम्मा दिईएको छ ।
कार्यालय आउ जाउको लागि सरकारले तोकेको निश्चित समयअवधि भन्दा पछि चल्ने सवारी साधन निजी होस् या सरकारी ट्राफिक प्रहरीले होल्ड गरेर राख्ने गरेको छ।
त्यस्तै ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले पनि सरकारी सवारी साधनलाईसमेत होल्डमा राखिएको बताएका छन् । भट्टराईले नियमकानुन सबैलाई बराबरी हुनुपर्नेसमेत बताए । तर, कोभिड १९ ले यस्तो भयावह स्थिति आँउदासमेत निषेधाज्ञाकै क्रममा केही सरकारी गाडी भने सरकामरको धज्जी उडाउदै आफैं अटेर गरी अनावश्यक कामकाजमासमेत हिँड्ने गरेको पाइएको छ ।
गत शनिवार, अछाम जिल्ला प्रशासन कार्यालयको गाडीमा गाडीभित्रै राखी खसी ओसारपसार गरिरहेको तस्विर सामाजिक संजालमा एकाएक भाईरल नै भयो ।
उक्त गाडी अछामका सहायक प्रमुख जिलला अधिकारी रञ्जन तिमिल्सीनाले प्रयोग गर्ने गरेको समेत खुलाशा भयो । यद्धपी तिमिलसीनाले चालकलाई घर जानका लागी दिईएको गाडी चालक कार्यालय आउने क्रममा बजारसम्म खशी गाडीमा राखेर ल्याईएको बताए । उनले चालकलाई अव त्यसो नगर्न भन्दै सचेत गराईएको प्रतिक्रिया दिए ।
त्यस्तै आइतबार पनि देसकै राजधानी काठमाण्डौमा त्यस्तै दृश्य देखिएको छ । काठमाण्डौको स्वयम्भु डाँडामा देखिएको एक दृश्यलेसमेत अच्चम तुल्यायो ।
आईतबार बिहान करिब ११ बजे प्रदेश नं.३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी स्वयम्भु पुगे । त्यतिबेलासम्म उनिहरुलाई नत प्रहरीले वास्ता गर्यो, नत प्रशासनले नै ।
बिहान ११ बजे सरकारी गाडीमा एक जोडी युवा युवती स्वयम्भुमा असाधारण अवस्थामा देखेपछी स्थानियले पत्रकारलाई खवर गरेका थिए ।
स्थानियको खवरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा समेत उक्त जोडी स्वयम्भुको डाँडामा एक कुनामा असाधारण अवस्थामा डेटिङ बसिरहेका थिए ।
त्यसो त उनीहरुले सरकारी गाडी पार्किङ गरी स्वयम्भु मन्दिरको डाँडैमा पुगेर एक कुनामा बसेको भिडियोसमेत भण्डारीले कैद गरे। भिडियोमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएर बोले, हाँसेको सुनिन्छ।
जोडीको उक्त हर्कतपछी पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।
बिहान ११ बजे स्वयम्भु पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२ः४५ बजे त्यहाँबाट निस्किएका थिए । पत्रकार भण्डारीले भने, ‘एक शब्द पनि बोलेनन्, उल्टो हतार–हतार गरेर गाडी लिएर त्यहाँबाट भागे।’
यस विषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोही भएपनि कारबाही हुने बताए। ‘सरकारले तोकेको निश्चित समयअवधि भन्दा पछि गाडी लिएर जोडीसहित पुगेको हो भने कारबाही हुन्छ,’ प्रवक्ता दाहालले भने, ‘पहिला गाडी नम्बर पठाइदिनुस्, यसबारे म बुझ्छु।’ ‘निषेधाज्ञाको समयमा लभ गर्नकै लागि स्यम्भु पुगेको हो भने अवश्य कारबाही हुन्छ,’ दाहालले आश्वस्त पारे।
कोभिड १९ को यस्तो महामारीमा सरकारी गाडी लिएर स्वयम्भुको डाँडामा लभ गर्न जाने यो जोडी को होला ? सम्बन्धित निकायले सरकारी गाडी दुरुपयोग र निषेधाज्ञा उल्लंघनमा संलग्नलाई कारबाही गरोस्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar