१७ जेठ,काठमाण्डौ – लगातार उकालो लागीरहेको सेयर बजार आज साताको दोश्रो कारोबार दिन भने ओरालो लागेको छ ।
साताको दोस्रो कारोबार दिन नेप्से १.६० प्रतिशत घटेको छ । आज नेप्से परिसूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा झरेको हो । यसभन्दा अघि नेप्से २८०० विन्दुमा थियो ।
त्यस्तै आजको दिन नेप्सेसंगै कारोबार रकममा पनि हिजो भन्दा गिरावट आएको छ । आज १३ अर्ब ९० करोड बढीको कारोबार भएको छ । यस दिन २१८ कम्पनीको १ लाख ४८ हजार ७१५ पटकको कारोबारमा १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर खरिदबिक्री भएको हो ।
अघिल्लो कारोबार दिन हालसम्मकै उच्च १७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar