सेयर कारोबार रकम पनि आयतबारको तुलनामा कम देखिएको छ । आज १३ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार १७ अर्ब माथि कारोबार भएर कारोबार रकमा नयाँ रेकर्ड कायम भएको थियो ।
हेर्नुस् धेरै गुमाउने १० कम्पनीहरुः
१७ जेठ,काठमाण्डौ – आइतबारसम्म निकै राम्रो बढेको हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य सोमबार भने घटेको छ ।
सोमबार, सेयर कारोबार मापक नेप्से परिसूचक ४५ अंक भन्दा धेरै घटेको छ । समग्रमा बजार हाइड्रोपावर समूहको सबइन्डेक्स ४ दशमलव ३१ प्रतिशत अर्थात १२९ दशमलव ९३ अंकले घटेको छ ।
यो नै आज सबैभन्दा धेरै घट्ने समूह हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको कार्यान्वयनका लागि दिएको निर्देशन पछि हाइड्रोपावरको सेयर मूल्यमा आकर्षण देखिएको थियो ।
आइतबारसम्म पनि निकै राम्रो बढिरहेको यो समूहको सेयर मूल्य सोमबार भने धेरै घटेको छ । सोमबार धेरै गुमाउने कम्पनीहरुको शिर्ष १० मा सबै जलविद्युत् कम्पनीहरु नै देखिएका छन् । यद्यपि, राधी जलविद्युत् कम्पनी भने अपवाद देखिएको छ । यसको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सोमबार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर २ हजार ७ सय ८२ दशमलव ६८ अंकमा झरेको छ ।
सेयर कारोबार रकम पनि आयतबारको तुलनामा कम देखिएको छ । आज १३ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार १७ अर्ब माथि कारोबार भएर कारोबार रकमा नयाँ रेकर्ड कायम भएको थियो ।
हेर्नुस् धेरै गुमाउने १० कम्पनीहरुः
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar