१५ जेठ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आजै बजेट भाषण सार्वजनिक गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।
आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar