१४ जेठ,सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले कोभिड – १९ विरुद्धको खोप खरिदका लागि अनुमित दिन संघीय सरकारसँग अनुमति मागेका छन् ।
पालिकाले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो । कोभिड–१९ को दोस्रो लहरपछि संक्रमित बढेसँगै हेलम्बुवासीको जीवन रक्षा गर्न पालिकाकै स्रोत साधनले खोप किन्न अनुमति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
अध्यक्ष शेर्पाका अनुसार करिब २० हजार जनसंख्या रहेको हेलम्बुमा गाउँपालिकाका १५ हजार नागरिकलाई खोप आवश्यक पर्छ ।
खोप खरिदका लागी अध्यक्ष शेर्पा आाफै स्वास्थ्य मन्त्रालय गएका थिए । स्वास्थ्य मन्त्रालयमा पुगेका शेर्पाले संघीय सरकारले खोपको व्यवस्था गर्न नसके हरेक स्थानीय तहलाई नै तुरुन्त खोप खरिदको अनुमति दिएर प्रकृया अघि बढाउन समेत सुझाव दिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar