१४ जेठ,काठमाण्डौ – लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्वीटी फण्डले २०७८ वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ ।
वैशाख मसान्तसम्म दुवै फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) सँगै सेयर लगानी रकममा गिरावट आएको छ । वैशाख मसान्तमा फण्डको न्याभ १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ १५ रुपैयाँ ५४ पैसा रहेको थियो । फण्डको प्रतिइकाई खुद सम्पति मूल्यमा १९ पैसाले गिरावट आएको हो ।
सो अवधिमा फण्डले सूचीकृत सेयरमा ८७ करोड १९ लाख ३९ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा फण्ड ९८ करोड ४९ लाख ६२ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी ११ करोड ३० लाख २३ हजारले घटेको छ । यस अवधिमा फन्डले ७२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
सो अवधिमा फण्डको मुद्दति निक्षेप स्थिर रहेको छ । बैंक मौज्दात भने बढेर ८९ करोड ७१ लाख ८० हजार रुपैयाँमा झरेको छ । चैत महिना भने बैंक मौज्दातमा ७९ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar