१३ जेठ,काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट आएको ‘यास’ चक्रवातको प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने जनाएको छ ।
अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीबाट आएको ‘यास’ चक्रवातको बिहीबार नेपालमा आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार उक्त चक्रवातको प्रभावका कारण बिहीबार बिहान प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।
साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली, उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात र वर्षा हुनसक्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यस्तै, आज राति देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती, तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातसँगै वर्षाको सम्भावना रहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar