१० जेठ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट १५ जेठमै बजेट ल्याउने बताएका छन ।
आइतबार पत्रकारहरुसँगको कुराकानीमा ओलीले त्यस्तो कुरा बताएका हुन । देशको अर्थतन्त्रप्रति गैरजिम्मेवार भएर बजेट नआउने उनको भनाई छ । प्रधानमन्त्री ओलीले जिम्मेवार ढंगले बजेट पेश गरी यसअघि घोषणा गरेका कार्यक्रमलाई निरन्तरता दिने बताउका छन । विकासका कार्यक्रमले महत्व पाएपनि महत्वकाक्षी बजेट नआउने उनले प्रष्ट पारेका छन । बजेटको ठूलो हिस्सा कोभिड रोकथाममै केन्द्रित हुने पनि प्रधानमन्त्री ओलीले बताएका छन ।
तर सरकारले बजेटमा चुनाव लक्षित कार्यक्रम समावेश गर्न भनेकोले त्यस्ता कार्यक्रमले पनि प्राथामिकता पाउने अर्थ स्रोतले बताएको छ । सामाजिक सुरक्षालाई ध्यानमा राख्दै सरकारले वृद्धभत्ता बढाउने देखिएको छ । २०७४ को चुनवामा प्रतिवद्धता गरिएको प्रति महिना ५ हजार रुपैया बृद्धभत्ता बढाउने बिषयलाई बजेटले केही न केही रुपमा सम्बोधन गर्ने निश्चित भएको अर्थ अधिकारीले बताएका छन । सो सम्वन्धमा सामाजिक सुरक्षा बढाउने विषयमा कुरा भैसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्षराज कँडेलले बताएका छन ।
संविधानले जेठ १५ भित्र आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्नुपर्ने व्यवस्था गरेकोमा संविधान जारी भएयता पहिलोपटक संसदको आयु छँदै त्यसलाई विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो । सार्वजनिक खर्चको लागि अनुमति दिने र अनुगमन गर्ने संसद भएपनि यस्को बिघटन भैसकेको हुँदा करको दरहरुमा सरकारले हेरफेर गर्न मिल्दैन । अघिल्लो बर्षको बजेटलाई निरन्तरता दिने बाहेक अरु खासै काम गर्न नमिल्ने भएपनि सरकारले भने चुनाव लक्षित कार्यक्रम ल्याउने देखिएको छ ।
राजनीतिक संक्रमणका बीच अर्थमन्त्री विष्णु पौडेलले आफ्नो दोस्रो बजेट तयार पारिसकेका छन । प्रतिनिधिसभा भंग भइसकेकाले पौडेलले तयार पारेको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सरकारले अध्यायदेशबाट ल्याउन लागेको हो । संसद विघटनसँगै सरकारले अध्यादेशबाट बजेट जारी गर्ने एक मात्र बिकल्प देखिएको छ ।
यो भन्दा अघि भुकम्पको क्षतिबीच २०७२ सालमा अर्थमन्त्री बनेका पौडेलले त्यसबेला लोकप्रिय बजेट ल्याएका थिए । घोषित मध्यावधि चुनावअघि आउन लागेको यो बजेट चुनाव लक्षित हुने निश्चित रहेको छ भने निर्वाचनलाई लक्ष्य गरेर सत्तापक्षीय उम्मेद्वारहरुका जिल्लामा योजना पार्नका लागि बजेटमा जोडबल भैरहेको अर्थ अधिकारीले बताएका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar