९ जेठ,काठमाण्डौ – राष्ट्रपति कार्यालयले हटाएका पछिल्ला तीन विज्ञप्ति फेरि कार्यालयको वेबसाइटमा राखेको छ ।
बिहान कार्यालयले वेबसाइटबाट प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेको र नेपालको संविधानको धारा ७६ (५) अनुरुप सरकार गठनको आह्वान भएका विज्ञप्ति हटाइएको थियो ।
अहिले फेरि तीन वटै विज्ञप्ति कार्यालयको वेबसाइटमा देखिन्छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ५ जेठमा ७६(५)को सरकार बनाउन बहुमत पुग्ने आधारसहित दाबी पेस गर्न एक दिनको समय दिएर विज्ञप्ति जारी गरेकी थिइन् । भने शनिबार बिहानै एक बजे प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेका विज्ञप्ति जारी गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar