९ जेठ,काठमाण्डौ – नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई फेरी स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
हिजो शनिवार बसेको एमाले आकस्मिक स्थायी समिति बैठकले उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
कारवाहीस्वरुप स्पष्टीकरण सोधिएकाहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का रहेका छन् ।
आज बसेको स्थायी समिति बैठकले उनीहरुलाई स्पष्टीकरण सोधेको हो । उनीहरुलाई भोली सोमबार बिहानसम्मको समय दिइएकोसमेत प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar