८ जेठ,काठमाण्डौ – नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको प्रतिक्रिया दिएका छन ।
शनिवार बिहान, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधी सभा भंग गरेर चुनाव घोषण गरेपछि नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’ शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको उनको आरोप छ ।
नेता नेपालले यो कदमलाई प्रतिगमन भाग २ को संज्ञा दिएका छन । उनले भने, ‘केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar