७ जेठ,काठमाण्डौ – नेकपा एमालेका सांसद् विरोध खतिवडाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन संसद्को लेखा समितिको हलमा जम्मा भएरै हस्ताक्षर गरेको बताएका छन्।
माधव नेपाल नेतृत्वको ‘समानान्तर समूह’ का नेताहरुको बैठक लेखा समितिको हलमा गरी हस्ताक्षर गरेको उनले बताए। ‘योगेश भट्टराईले चाहिँ हस्ताक्षर गर्न मानिरहनुभएको थिएन’, उनले भने, ‘कार्यदलमा रहेका/ नरहेका सबै नेता / सांसदहरुले त्यहीँ हस्ताक्षर गर्नुभएको हो।’
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा अनुपस्थित सबै एमाले सांसद्ले सही नगरेको भए त्यत्रो संख्या कसरी पुग्थ्यो ?’, नेता खतिवडाले भने, ‘त्यसपछि कभरिङ लेटरसहित कागजपत्र मिलाउने जिम्मा हाम्रोतर्फबाट भीम रावललाई जिम्मा थियो। माओवादीकेन्द्रका वर्षमान पुनलाई थियो, कांग्रेसको थाहा भएन। उहाँहरु आफ्नो काममा लाग्नुभो। माधव नेपाल तीन दल बैठकमा हिँड्नुभएको हो।’
खतिवडाले अहिले सञ्चारमाध्यमहरुमा आफूले हस्ताक्षर नगरेको भनेर आएको कुराप्रति आश्चर्य प्रकट गरे। ‘पहिले सबै जम्मा भएर हस्ताक्षर गर्ने, अनि अहिले साथीहरुलाई मात्र नेताले फसाउन थाहा भएन। हस्ताक्षर दुरुपयोग भएको होइन, आफैँले गरेको हो’, उनले भने।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar