५ जेठ,काठमाण्डौ – नेपाल क्लियरिङ हाउस लिमिटेडको नवौँ वार्षिक साधारणसभाले ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
बुधबार सम्पन्न संस्थाको साधारणसभाले कम्पनीको चुक्ता पुँजी २९ करोड आठ लाख रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ कराड एक लाख पु¥याउने निर्णय गरेको हो । साथै, बोनस सेयरको कर प्रयोजनका निम्ति २ प्रशित नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले पुँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेसनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको जनाएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा कम्पनीको भुक्तानी कारोबारमा उल्लेख्य रुपमा वृद्धि भएता पनि कम्पनीको खुद नाफा २२ दशमलब २ प्रतिशले घटेको छ । त्यसैगरी, कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ ।
कम्पनीको खुद नाफा घट्नुका कारण भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीमा कारोबार शुल्क घटाइएको, २०७६ चैत ११ देखि २०७७ असार मसान्तसम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको, सरकारी लगायत निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेको संस्थाले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar