५ जेठ,काठमाण्डौ – वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका छन् ।
आज दिँउसो प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पार्टीका तर्फवाट विज्ञप्ती जारी गर्दै एमालेका उम्मेद्वार राम बहादुर थापा बादललाई मतदान गर्न अपिल गरेका हुन् ।
उता निर्वाचन आयोगले भने सोमबार रातिदेखि राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरू भएको जनाएको छ । त्यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले भने विज्ञप्ती जारी गदै एमालेका उम्मेद्वार राम बहादुर थापालाई मत मागेका हुन् । मौन अवधिमा निर्वाचन प्रचारसम्बन्धी कुनै पनि क्रियाकलाप गर्न पाइदैन ।
जेठ ६ गते अर्थात् भोलि हुन लागेको वाग्मती प्रदेशअन्तर्गगतको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले एमालेबीच नै प्रतिस्पर्धा हुन लागेको छ । ओली समुहबाट उमेदवार रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट नेपाल समूहका डा. खिमलाल देवकोटा उम्मेद्वार रहेका छन् ।
बुधबार बादललाई जिताउनका लागि ओलीले विज्ञप्ति नै जारी गरेका हुन् । चेतावनीयुक्त विज्ञप्तीमा एमालेको कार्यकर्ता भएर एमालेका उम्मेद्वार बादललाई भोट दिनसमेत भनिएको छ । अन्यथा क्षमा गर्न नसकिने ओलीको चेतावनी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar