५ जेठ,काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट देखा परेको बताएको छ ।
देशका विभिन्न भागबाट कोभिड – १९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो । मन्त्रालयका डा. समिरकुमार अधिकारीका अनुसार ९७ प्रतिशतमा पाइएको भारतीय भेरियन्ट हाे भने तीन प्रतिशतमा पाइएको बेलायती भेरियन्ट हाे ।
योसँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो ।
नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको डा.अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar